×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिलिमे जलविद्युत कम्पनीले बोलायो पुस १२ गते साधारणसभा, २० प्रतिशत लाभांशसहितका अन्य एजेन्डा यस्ता छन्

PRIME CA

चिलिमे जलविद्युत कम्पनीले बोलायो पुस १२ गते साधारणसभा, २० प्रतिशत लाभांशसहितका अन्य एजेन्डा यस्ता छन्

१८ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले पुस १२ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभामा २० लाभांश दिने प्रस्ताव पेश गर्नेछ । कम्पनीले वर्षको नाफाबाट १०% बोनस सेयर र १०% नगद गरी कुल २०% लाभांश दिन लागेको हो । कम्पनीले सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान र नगद प्रवाह सम्बन्धी विवरणमा पनि छलफल हुनेछ । 
यस्तै कम्पनीले साधारणसभाका लागि मंसिर २९ गतेदेखि पुस १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । मंसिर २८ गतेसम्म मात्र कायम सेयरधनीले उक्त लाभांश पाउनेछन् । सभा कम्पनीको रजिष्टर्ड कार्यालय धुम्वाराही बिहान ११ बजे हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: