संवादकै क्रममा उनले आफुले बोलेको कुरामा सबैले प्रशंसा नै गरेको बताए । ‘सारा पब्लिकले मेरो कुरा राम्रो भनेर सेयर गरेका छन् । मलाई महालेखा परिक्षकले राम्रो बोलेको भन्नुभयो, राष्ट्रबैं कका गभर्नरले बधाई दिनुभयो । वास्तविक कुरा भन्न सक्यो भने । वास्तविक कुरा अर्थमन्त्री, अर्थसचिवका अगाडी भन्न नसके सुधार कसरी हुन्छ त ?’ शाहले भने ।
अन्त्यमा, हामीले उनको सेयर बजारमा लगानी छ कि छैन भनेरसमेत प्रश्न गरेका थियौं । हाम्रो प्रश्नमा उनले भने, -‘मेरा अनावसनाव त्यस्तो गर्ने मान्छे होइन । तर हाम्रो सामान्य मान्छेले अलि दुईचार सय सेयर त जसले पनि किन्छ, कसले किन्दैन र ? किन्दैन पैसा हुनेले ?’ उनले थपे- ‘लगानी भन्नाले त्यस्तो हामी त्यस्तो व्यापार नै गर्ने त होइनौँ, अव दुईचार पैसाले दुईचार सय सेयर किनिन्छ, अरु के हो, होइन ?’
हेर्नुहोस् उनीसँगको संवादसहितको भिडियो रिपोर्ट