×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेले कमिसन खाएर बनाएको थोत्रो सिष्टममा फेरि समस्या, सेयर किनबेचमा अवरोध, एओएन पनि हटेन !

PRIME CA
GLOBAL IME BANK

नेप्सेले कमिसन खाएर बनाएको थोत्रो सिष्टममा फेरि समस्या, सेयर किनबेचमा अवरोध, एओएन पनि हटेन !

१९ असार २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कमिसनमा चुर्लुम्म डुबेर वाइको नामक कम्पनीसँग साँठ्गाँठ गरि तयार गरिएको नेप्सेको टिएमएसमा फेरि समस्या देखिएको छ । घरी किन्न मिल्ने, बेच्न नमिल्ने, घरी बेच्न मिल्ने, किन्न नमिल्ने, घरी खुल्दै नखुल्ने लगायतका समस्या विहानैदेखि देखिएका छन् । सिष्टम राम्रोसँग नचल्दा लगानीकर्ताहरु मारमा परेका छन् ।

यसो त यो समस्या पहिलोपटक देखिको भने होइन । पटक पटक यस्तो समस्या देखिँदा पनि नेप्से पनि महिनौँदेखि कानमा तेल हालेर बसेको छ । यता आइतबारबाट हट्ने भनिएको एओएन फिचर पनि नहटेको पाइएको छ । यो समाचार तयार गर्दासम्म सो फिचर जस्ताको त्यस्तै छ । अघिल्लो हप्ता नै धितोपत्र बोर्डले पत्राचार गरि सो फिचर हटाउन नेप्सेलाई भनेको थियो । तर तलवमात्र पचाउन पल्केका नेप्सेका कर्मचारीको लोसे काम गराईका कारण आइतबार पनि सो फिचर नहटेको पाइएको छ ।

विभिन्न १९ बुंदे माग राख्दै अनशन बसेका लगानीकर्ता तिलक कोइराला १० दिनसम्म भोको बसेर जन्माएको ‘१९ बुंदे माग कार्यान्वयन समिति’को पहिलो बैठकपछी एओएन सुविधा खारेज गर्ने निर्णयमा धितोपत्र बोर्ड पुगेपनि हाल सम्म एओएन भने हट्न सकेको छैन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: