Skip to content
LAXMI SUNRISE BANK

‘सेयर बजारमा सर्वसाधारणको पैसा डुब्यो, मौद्रिक नीतिले लगानीकर्ताको मागलाई सम्बोधन गरोस्’ : गोल्छा

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारमा सर्वसाधारणको थुप्रो पैसा डुबेकाले मौद्रिक नीतिले लगानीकर्ताको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रमा ठुलो चुनौती देखिएको भन्दै आउँदो मौद्रिक नीतिबाट अर्थतन्त्रको सुधार हुने धेरै अपेक्षा रहेकोसमेत बताएका छन् ।

५० लाख सेयर लगानीकर्तासमेत मौद्रिक नीतिकै आशमा बसिरहेको बताउँदै उनले उद्योगी व्यवसायीहरुले जीवनमा नभोगेको तरलता अभाव यसवर्ष भोग्नुपरेको गुनासो गरेका थिए । ‘तत्काल तरलताको समस्या समाधान नभए बजार मन्दीतर्फ जानसक्छ।’ उनले भने, ‘५० लाख डिम्याट खाता खोलेर बसेका साना व्यवसायी र सर्वसाधरणको ठूलो लगानी सेयरमा डुबेको छ । लगानीकर्ताको अवस्था असहज छ । सबै लगानीकर्ता मौद्रिक नीतिले राहत देला भन्ने आशमा छन् । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको सेयर बजारले गतिलिन नसक्नु अर्थतन्त्रको लागि चुनौतीपूर्ण कुरा हो ।’

४-१२ को सेयर कर्जा नीतिले सेयर लगानीकर्तामा निराशा छाएको बताउंदै उनले सो नीति पुनर्विचार गर्नुपर्नेसमेत बताएका छन्। व्यवसायीहरुलाई दिइने बैंकिङ कर्जाको कागजी प्रक्रियामा एकरुपता हुनुपर्ने माग गर्दै उनले उनले बजेटमार्फत नेपालमा पनि विदेशीले घर किन्नसक्ने व्यवस्था गरेको भन्दै तत्काल नियमावली बनाएर कार्यान्वयन गर्नुपर्नेतर्फसमेत जोड दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK