
- अर्थ सरोकार सम्बाददाता
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ की विष्णुमाया काफ्लेले झन्डै एक वर्षदेखि वृद्धभत्ता पाएकी छैनन् । सरकारले वृद्धभत्ता बैंकमार्फत मात्रै बाड्ने व्यवस्था गरेसंगै ७८ वर्षीया काफ्लेले झन्डै एक वर्षदेखि वृद्धभत्ता नपाएकी हुन् । कारण, उनि लामो समयदेखि बिरामीले थलिएकी छन् । न त उनी हिड्न सक्छिन् न त उनी राम्रोसँग बोल्न नै सक्छिन् ।
उनलाई प्यारालाइसिस भएको पनि एक दशक पुगिसकेको छ । जसले गर्दा उनको बायाँ खुट्टा चल्दैन । वृद्धभत्ता बैंकमा त पुग्यो तर उनको हातमा पुगेन । भत्ता लिन स्वयम् आफै पुग्नु पर्ने सरकारले बनाएको नियमले उनी बैंकसम्म पुग्न सकिनन् । उनीजस्ता थुप्रै वृद्धवृद्धा यस्तो नियमले मारमा पारेको छ ।
बैंकले संरक्षकलाईसमेत भत्ताको रकम दिन मान्दैन । विष्णुमायाकै भत्ताको लागि पनि संरक्षक बसेका छोराछोरी पटक–पटक सिन्धु विकास बैंकमा पुगे तर रित्तै फर्किए । भत्ता पाउने व्यक्ति स्वयंको औँठाछापविना बैंकले रकम नदिने भएपछि हजुरआमालाई स्ट्रेचरमा बोकेर बैंक पुगेको नाति सुमित काफ्ले बताउँछन् । ‘सरकारले बनाएको यस्तो नियमले अशक्त वृद्धवृद्धालाई धेरै गार्हो बनायो’ उनि भन्छन् ।’
यो समस्या उनको मात्रै होइन देशका अधिकाशं स्थानमा यस्तै समस्या भइरहेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर २ कै पनि १५ वृद्धवृद्धाले आठ महिनादेखि भत्ता पाएका छैनन् । सामाजिक सुरक्षा भत्तामा लापरबाही भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले बैंकिङ प्रणाली लागू गरेको थियो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्