×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘एम अधिकारी भनेको महाप्रसाद अधिकारी होइन’ : भुसाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘एम अधिकारी भनेको महाप्रसाद अधिकारी होइन’ : भुसाल

Artha Sarokar

२८ असार २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा एमालेका अर्थ तथा योजना विभागका प्रमुख घनश्याम भुसालले विभागमा नाम रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्ट पारेका छन् ।
अर्थ सरोकारसँग कुराकानी गर्दै उनले एम अधिकारी महाप्रसाद अधिकारी नभई पूरानो खोटाङ घर भई पार्टीमा सक्रिय अर्थका ज्ञाता रहेको बताएका हुन् ।
नेकपा एमालेले खोटाङका एम. अधिकारीलाई केन्द्रीय आर्थिक तथा योजना विभाग सदस्यमा राखेको छ । सो एम अधिकारी नाम गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै अहिले सामाजिक संजालमा अधिकारीको चर्को आलोचना भईरहेको छ ।
गभर्नर अधिकारीको ठेगाना समेत मिलेपछि महाप्रसादको छोटकरी नाम एम. अधिकारी राखेर विभाग सदस्य बनाइएको आरोप सामाजिक संजालका प्रयोगकर्ताको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी