काठमाडौँ । व्यस्त दैनिकीलाई पछिल्लो समय अनलाइनमा पाइने धेरै सेवाले सहज बनाइदिएको छ । त्यसमाथि यातायात व्यवस्था कार्यालय जान नाभयाउनेहरुका लागि त घरमै ‘ब्लुबुक’ लिन आउने, त्यसलाई नवीकरण गरिदिने र घरमै पुर्याईदिनेगरी सेवा दिनेहरु पनि बजारमा छ्यापछ्याप्ती छन्। तर यस्ता सेवा दिने कम्पनीहरु खासै विश्वसनीय छैनन् भन्ने पछिल्लो उदाहरण भेटिएको छ । यस्तै सेवा दिँदै आएको इजी सेवा नामक कम्पनी ग्राहकको सयौँको संख्यामा ब्लु बुक, र ४० लाख बढी रकम असुल गरेर भागेपछि अहिले थुप्रै सेवाग्राही पीडामा छन् । आफ्नो ब्लुबुक, नविकरण गर्दा लाग्ने शुल्क र सो कम्पनीको शुल्क गरी मोटो रकम फसेपछि र ब्लुकसमेत हराएपछि अहिले उनीहरु न्यायको खोजीमा छन् ।
४० लाख रुपैयाँ भन्दा बढी असुलेर भाग्यो कम्पनी
पीडीत निरोज दंगालले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार सो कम्पनी अहिले १०० बढी व्यक्तिको लाखौँ रुपैयाँ लिएर फरार भएको छ । ‘समय छैन भनेर कम्पनीलाई ब्लुबुक पनि बुझाईयो, पैसा पनि बुझाइयो । अहिले न पैसा छ, न साथमा ब्लुकबुक छ ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने- ‘हामी ५० जनाजति पीडीत एकिकृत भएका छौं । प्रहरीमा उजुरी पनि दिएका छौँ । तर सो कम्पनी भागिसकेको छ ।