×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार १४.७१ अंकले बढ्यो नेप्से परिसूचक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहिबार १४.७१ अंकले बढ्यो नेप्से परिसूचक !

Artha Sarokar

३० असार २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिहिबार सेयर बजार बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२० कम्पनीको ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । यस कम्पनीको ३० करोड १८ लाख ८६ हजार ७ सय ३८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बिहीबारको सेयर बजारमा प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । प्रुडेन्सियलको सेयरमा यस्तो गिरावट आउँदा सीइडिबि हाईड्रोपावर, समिट लघुवित्त, लक्ष्मी लघुवित्त र नेपाल एसबिआइ बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको भएको छ । यस कम्पनीको ३० करोड १८ लाख ८६ हजार ७ सय ३८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अप्पर तामाकोशी, एशियन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र हिमालयन डिष्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बिहीबारको सेयर बजारमा एनआइबिएल प्रगति फण्डका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस अलावा प्रभु सेलेक्ट फण्ड, अप्पर तामाकोशी, नबिल ब्यालेन्स फण्ड–२ र रिभर फल्स पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी