Skip to content
LAXMI SUNRISE BANK

एमालेले खुलायो ‘एम अधिकारी’ को परिचय, केहि दिन अगाडी महाप्रसादबाट बधाई लिएथे मनोजले !

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ‘एम अधिकारी’ प्रकरणमा तानिएपछि एमालेले एम अधिकारीको परिचय खुलाएको छ । एमालेले खोटाङ घर भई हाल बिराटनगर बस्ने मनोज अधिकारी नै एम अधिकारी भएको दाबी गरेको छ ।
मनोजको थप परिचय खुलाउँदै एमालेले अर्थ तथा योजना विभागको बैठकमा सहभागी हुन उनी विराटनगरबाट काठमाडौं आउने जानकारीसमेत दिएको छ । अधिकारी निकट स्रोतले उनी काठमाडौँ आउन लागेको पुष्टी गरेको छ।
‘अर्थ तथा योजना विभागमा रहनुभएका एम अधिकारी चार्टड एकाउन्टेन्ट मनोज अधिकारी हुनुहुन्छ, उहाँको स्थायी ठेगाना खोटाङ हो, अहिले कामको सिलसिलामा विराटनगरमा बस्नुहुन्छ ।’ एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले भने- ‘उहाँ हाम्रो पार्टीको संगठित र क्रियाशील व्यक्ति हो ।
मनोज अधिकारी बिराटनगरमा सिए फर्म संचालन गर्छन् । उनी नेपाल चार्टड एकाउन्टेन्ट्स संघका नवनिर्वाचित प्रदेश नम्बर १ का प्रमुखसमेत हुन् ।
केहि दिनअघि मात्र काठमाडौँमा एक्यानका नवनिर्वाचित पदाधिकारीहरुको सपथ कार्यक्रममा उनले महाप्रसाद अधिकारीबाट नै बधाई थापेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK