नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्तीको माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गरेको छ । क्रान्तिकारीले आरआर क्याम्पस अगाडी कालो ब्यानर राखेर गभर्नर अधिकारीको विरोधमा प्रदर्शन गरेका हुन् ।
पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्नै भन्दै उनीहरुले चर्का नाराबाजीसमेत गरेका थिए ।
गभर्नर अधिकारीले आफु एम अधिकारी नभएको दाबी गरिरहँदा अहिले उनको दाबी धेरैले पत्याईरहेका छैनन् । यो विषय अहिले सडकदेखि सदनसम्म बहसको विषय बनेको छ । हेरौँ क्रान्तिकारीले गरेका विरोधका झलक :