×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार बढ्यो सेयर बजार, १ अर्ब ४५ करोडमाथिको कारोबार हुँदा नेप्से २००९.४६ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शुक्रबार बढ्यो सेयर बजार, १ अर्ब ४५ करोडमाथिको कारोबार हुँदा नेप्से २००९.४६ बिन्दुमा

Artha Sarokar

३१ असार २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । शुक्रबार सेयर बजार बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७.९३ अंकले बढेर २००९.४६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २३१ कम्पनीको ४० लाख ५१ हजार ७ सय ७१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाईड्रोपावरको भएको छ । यस कम्पनीको १९ करोड ७२ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यस्तै शुक्रबारको सेयर बजारमा ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । ग्रिन लाइफको सेयरमा यस्तो गिरावट आउँदा माउनटेन हाईड्रो, रिभर फल्स पावर, बोटलर्स नेपाल (तराई) र युनाईटेड मोदी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार अपर तामाकोशी हाईड्रोपावरको भएको छ । यस कम्पनीको १९ करोड ७२ लाख ५४ हजार ८ सय ६४ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा एभरेस्ट बैंक लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था, हिमालयन डिष्टिलरी र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा १०.५% नेपाल इन्भेस्टमेन्ट डेभेन्चर २०८२ का लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा १०.२५ % माछापुछ्रे बैंक डेभेन्चर २०८५ , १०% सानिमा बैंक डेभेन्चर , नबिल ब्यालेन्स फण्ड–३ र ११ % एनआइसी एशिया डेभेन्चर ०८२/८३ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी