काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुली नियुक्त भएका छन् । हाल कम्पनीमा डेपुटी सीइओको रुपमा काम गर्दै आएका उनलाई कम्पनीले ४ बर्षका लागि सीइओ नियुक्त गरेको हो।
पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए । रिलायन्समा उनले गरेको ‘गज्जब’को कामकै कारण उनलाई नेपाललाइफले आफ्नो कम्पनीमा लगेको थियो । नेपाल लाइफमा पनि डेपुटी सीइओको रुपमा अब्बल काम देखाएपछि उनलाई संचालक समितिले सीइओमा नियुक्त गरेको हो ।
नेपाल लाइफ नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी हो ।