×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खल्ती डिजिटल वालेटले ल्यायो बैंक खाता लिंक गरेमा १०० बोनस रकम पाउने अफर

PRIME CA

खल्ती डिजिटल वालेटले ल्यायो बैंक खाता लिंक गरेमा १०० बोनस रकम पाउने अफर

२६ जेष्ठ २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । खल्ती डिजिटल वालेटले बैंक खाता लिंक गरेमा १०० बोनश रकम पाउने अफर ल्याएको छ । जो कोहीले एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यस सेवा मार्फत् महामारीको बीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ उक्त अफर संचालनमा ल्याइएको बताएको छ ।
खल्ती बैंक डायरेक्ट सेवा मार्फत पहिलो पटक आफ्नो बैंक अकाउन्ट लिंक गर्ने प्रयोगकर्ताहरुले तुरुन्तै आफ्नो खातामा १०० प्राप्त सक्नेछन् साथै, उक्त लिंक गरिएको बैंक अकाउन्टबाट खल्तीमा बिना पैसा लोड गरी कुनै पनि बिलको भुक्तानी गर्न सकिने भएको छ । बिजुली, पानी, इन्टरनेट, राजस्व जस्ता खल्तीमा उपलब्ध सबै सेवाहरुको भुक्तानी गर्न यो सेवाको लाभ लिन सकिने खल्तीले बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: