Skip to content
LAXMI SUNRISE BANK

फेरि पनि एनआईसी एशिया बैंकको एटीएम मेसिन फोर्ने प्रयास, किन चोरहरुको निशानामा पनि एनआईसी धेरै पर्छ ?

अर्थ सरोकार

पोखरा । पोखरामा एनआईसी एशिया बैंकको एटिएम बुथ लुटपाटको प्रयास भएको छ । पोखराको न्यूरोडस्थित बैंकको एटिएम ३१ गते राती फोड्ने प्रयास गरिएको थियो ।

मेसिन फोड्न प्रयास गर्ने पोखरा महानगरपालिका ९ पृथ्वी चोकका १९ वर्षिय नरेश पुन मगर पक्राउ परेका छन् । पक्राउ परेका मगरको स्थायी ठेगाना रुकुम रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ । उनले एटिएम बुथ फोड्न गैंटीको प्रयोग गरेका थिए ।

किन चोरहरुको निशानामा पनि एनआईसी धेरै पर्छ ? 

यसो त देशभर भएका एटिएम मेशीन फोड्ने प्रयासका घटना हेर्ने हो भने सबैभन्दा बढी एनआईसी एशियाकै मेशिन फोड्ने प्रयास भएको पाइएको छ । काठमाडौँ होस्, वा भक्तपुर, पोखरा होस् वा अन्य कुनै ठाउँ, एटिएम मेशिन फोड्ने योजना बनाउँदा धेरैजसोको टार्गेट एनआईसी एशिया नै हुने गरेको छ । एनआईसी एशिया बैंकको एटिएममा धेरै पैसा हुन्छ भन्ने भ्रम र बैंक भन्नेबित्तिकै एनआईसी एशिया बैंकको नाम झट्ट दिमागमा आउने भएकाले पनि सो बैंकको मेशिन धेरैले फोड्ने प्रयास गरेको प्रहरीको तर्क छ। कतिपयले भने आफ्नो बैंक खाता नै सोहि बैंकमा भएकाले सोहि बैंक फोड्ने प्रयास गरेको बताउँदै आएका छन् । मेशिन फोड्ने प्रयास हुँदा अधिकांस समय त्यस्तो काममा संलग्नहरु प्रहरीको फन्दामा पर्ने हुँदा पनि चोरहरुले मेशिन फोड्ने क्रम रोकेका छैनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK