- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाइ १५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ७% बोनस सेयर र ८% नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लगानीकर्ताले यो लाभांश बिमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र पाउनेछन् । प्राइमले आर्थिक वर्ष २०७५–०७६ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो । बोनस वितरणपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख रुपैयाँ पुग्नेछ ।