×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली, ६१ अंकको भारी बढोत्तरी

PRIME CA
GLOBAL IME BANK

मौद्रिक नीतिपछि सेयर बजारमा हरियाली, ६१ अंकको भारी बढोत्तरी

८ श्रावण २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्बजनिक गरेसंगै सेयर बजारमा सकारात्मक प्रभाव परेको देखिएको छ । मौद्रिक नीति सार्वजनिक भए पछिको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा ६१.०५ अंकको बढोत्तरी भएको छ । मौद्रिक नीतिले सेयर धितो कर्जा गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९/८० को लागि केही खुकुलो गर्दा यसको प्रभाव बजारमा सकारात्मक देखिएको हो । कारोबारको पहिलो दिन बजार ३.०३ प्रतिशतले बढेर २०७८.५१ विन्दुमा पुगेको हो।

आइतबार तीन वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी र मल्टिपर्पोज फाइनान्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । बजार बढेका दिन अधिकांश ऋणपत्रसहित १२ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । आज गुमाउने कम्पनीको सेयर मूल्य १.५२ प्रतिशतले मात्रै घटेको छ ।

आज सबैभन्दा बढी कारोवार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्सेमा सूचीकृत कम्पनीमध्ये आज २१९ कम्पनीको ६४ लाख २३ हजार कित्ता सेयरको ४२ हजार पटक कारोवार भएको छ । आज २ अर्ब ७३ करोडमाथिको  सेयर कारोवार भएको पनि नेप्सेले जानकारी दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: