काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि नेप्से परिसूचक बढेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १२.९२ अंकले बढेर २१४०.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१६ कम्पनीको ५१ लाख ११ हजार ३ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १२ करोड ८६ लाख ४९ हजार ८ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै शुक्रबारको सेयर बजारमा बुद्धभुमि नेपाल हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । बुद्धभुमिको सेयरमा यस्तो गिरावट आउँदा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, लिबर्टी एनेर्जी कम्पनी, ग्लोबल आइएमई समुन्नत स्किम-१, ग्रीनलाइफ हाईड्रोपावर र एनआइसी एशिया लघुवित्त वित्तिय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १२ करोड ८६ लाख ४९ हजार ८ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा लुम्बिनी बिकाश बैंक, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, महालक्ष्मी बिकाश बैंक, गोर्खाज फाइनान्स र सांग्रिला डेभलपमेन्ट बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी शुक्रबारको सेयर बजारमा रिलायन्स लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था, लुम्बिनी विकाश बैंक, एक्सेल डेभलपमेन्ट बैंक र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्