काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार पनि नेप्से परिसूचक बढेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १.१५ अंकले बढेर २१९६.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७ सय १२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै सोमबारको सेयर बजारमा स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा बढीले घटेको हो । स्वाभिमानको सेयरमा यस्तो गिरावट आउँदा स्ट्याण्डर्द चार्टर्ड बैंक, सुर्यदोय वोमी लघुवित्त, १०.३५% कृषि बैंक डेभेन्चर २०८३, विन नेपाल लघुवित्त वित्तीय संस्था र मनकामना लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३८ करोड ३१ लाख ११ हजार ४२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्टिलरी, हाईड्रो इलेक्ट्रिसिटि एण्ड डेभलपमेन्ट, अपि पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर र गोर्खाज फाइनान्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी सोमबारको सेयर बजारमा बुटवल पावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ६ प्रतिशत भन्दा धेरै हो । यस अलावा सिटिजन्स म्युचल फण्ड -२, गुडविल फाइनान्स, दोर्दी खोला जलविद्युत कम्पनी र हाईड्रो इलेक्ट्रिसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्