काठमाडौं । मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको उक्त आईपीओ साउन १७ गते मंगलबार गोलाप्रथामार्फत बाँडफाँट भएको भएको हो । कम्पनीको उक्त आईपीओ १ लाख ९ हजार ३७४ जना सर्वसाधारण लगानीकर्ताहरुले हात पारेका छन् । जसमध्ये ९ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर हात पारेका हुन् । उक्त आइपीओमा १५ लाख ४७ हजार ९४९ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ६६५ जनाको आवेदन रद्द भएको छ ।
कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको थियो । जसमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो भने बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो ।
लगानीकर्ताले बीओके क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्ने भएका छन् । साथै मन्दाकिनी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्