काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१८ कम्पनीको ९५ लाख ४२ हजार ६ सय २६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ०२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड ३४ लाख ३० हजार ६ सय ७० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यस्तै बुधबारको सेयर बजारमा स्ट्याण्डर्द चार्टर्ड बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घटेको हो । स्ट्याण्डर्द चार्टर्डको सेयरमा यस्तो गिरावट आउँदा गुडविल फाइनान्स लिमिटेड, बोटलर्स नेपाल (तराई), युनाईटेड इन्स्योरेन्स, नेपाल एसबिआइ बैंक र एनएलजी इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २५ करोड ३४ लाख ३० हजार ६ सय ७० रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, हिमालयन डिष्टिलरी, हिमाल दोलखा हाईड्रोपावर कम्पनी, युनाईटेड आइडिआइ मर्दी आरबि हाईड्रोपावर र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा बिन्ध्याबासिनी हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरै हो । यस अलावा समलिंग पावर कम्पनी, बलेफी हाईड्रोपावर, युनाईटेड आइडिआइ मर्दी आरबि हाईड्रोपावर, सम्वृद्धि फाइनान्स र रिभर फल्स पावरका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्