×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिर चारमा निर्वाचन गर्ने सरकारको निर्णय

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंसिर चारमा निर्वाचन गर्ने सरकारको निर्णय

Artha Sarokar

१९ श्रावण २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले मंसिर ४ गते आम निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैदिन गर्ने निर्णय गरेको हो । बैठकको निर्णयसँगै अघिल्लो पटक दुई चरणमा गरी सम्पन्न निर्वाचन यसपटक भने एकैचरणमा सम्पन्न गरिने भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मंसिर ४ गते आईतबार एकैदिन आम निर्वान गर्ने निर्णय गरिएको हो । यसअघि बुधवार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर पहिलो साता चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो ।

निर्वाचन आयोगले मंसिर २ गते देखि ५ गतेभित्र चुनाव गर्न सिफारिस गरेको थियो । यसअघि २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन दुई चरणमा भएको थियो । यता निर्वाचन आयोगले असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलन कार्यमा ४ लाख बढीले नाम दर्ता गराएको जनाएको छ । स्थानीय तहको निर्वाचनको भन्दा संघिय निर्वाचनमा ५ लाख नयाँ मतदाताको सहभागीता रहने आयोगले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी