काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक दरलाई वृद्धि गरेपनि तत्कालका लागि सो निर्णय लागु नहुने भएको छ । नेपाल बैंकर्स संघको शुक्रबार बसको बैठकले हालका लागि ब्याजदरलाई यथावत राख्ने सहमतिसहित निर्णय गरेको छ ।
यसभन्दा अगाडी नेपाल राष्ट्र बैंकले नीतिगत दरहरुमा परिवर्तन गरेपछि ब्याजदर परिवर्तन गर्न सक्ने व्यवस्था अनुसार सर्कुलर जारी गर्दै बैंक दरलाई ७ प्रतिशतबाट बढाएर साढे ८ प्रतिशत बनाएको थियो । राष्ट्र बैंकको सो कदमसँगै अब ब्याजदर तत्काल बढ्ने धेरैको अनुमान थियो । तर बैंकर्स संघले तत्काल ब्याजदर नबढाउने भएको हो ।
एक वाणिज्य बैंकका सीईओले दिएको जानकारी अनुसार साउन महिनाको लागि ब्याजदर यथावत राख्ने र भदौ महिनामा के गर्ने विषयमा साउनको अन्तिममा निर्णय लिने सहमति भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्