काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार पनि नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ३४.६१ अंकले घटेर २११३.५५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१३ कम्पनीको ६४ लाख १६ हजार ६ सय २९ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ६२ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी शुक्रबारको सेयर बजारमा जोशी हाईड्रोपावरका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ५ प्रतिशत भन्दा धेरै हो । यस अलावा ग्लोबल आइएमई समुन्नत स्किम -१, उपकार लघुवित्त वित्तिय संस्था, कालिका लघुवित्त वित्तिय संस्था, बलेफी हाईड्रोपावर र एनएमबि हाईब्रिड फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको बजारमा पनि सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको १५ करोड ६६ लाख २९ हजार ९ सय ३८ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, हिमालयन डिष्टिलरी, अपि पावर कम्पनी, अरुण काबेली पावर र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा मैलुंग खोला जल विद्युतका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । मैलुंग खोलाको सेयरमा यस्तो गिरावट आउँदा गुहेशोव्री मर्चेन्ट बैंक, युनाईटेड आइदिआइ मर्दी आरबि हाईड्रोपावर कम्पनी, समलिंग पावर कम्पनी, इमर्जिङ्ग नेपाल लिमिटेड र तेर्हथुम पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्