×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी कर्मचारीको तलव बढाउन उच्चस्तरीय तलब आयोग गठन, ‘छिट्टै सबै कर्मचारीको तलव बढ्छ’

PRIME CA

सरकारी कर्मचारीको तलव बढाउन उच्चस्तरीय तलब आयोग गठन, ‘छिट्टै सबै कर्मचारीको तलव बढ्छ’

२१ श्रावण २०७९, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कर्मचारीको तलब वृद्धि गर्न सरकारले उच्चस्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको सेवा वृद्धिका लागि उच्च स्तरीय समिति वठन गरिने व्यवस्था भएसँगै सरकारले सरकारी कर्मचारीको तलब सुविधा उच्च स्तरीय तलब आयोग गठन गर्न लागेको हो ।

सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोग गठनका लागि प्रारम्भिक गृहकार्य थालेको हो । कर्मचारीको तलब वृद्धिलाई व्यवस्थित, प्रभावकारी र समय सापेक्ष बनाउने उद्देश्यले उच्च स्तरीय तलब आयोग गठन गर्न मन्त्रालयले प्रारम्भिक गृहकार्य थालेको एक उच्च सरकारी अधिकारीले जानकारी दिएका छन् ।

अहिले मुख्य सचिवको अध्यक्षतामा पुनरावलोकन समिति बनेको छ र सोही समितिको सिफारिसका आधारमा सरकारी कर्मचारीको तलब वृद्धि हुँदै आएको छ । तर अब भने सरकारले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्ने उद्धेश्यसहित उच्च स्तरीय आयोग गठनको तयारी थालिसकेको छ । छिट्टै सम्पूर्ण सरकारी कर्मचारीको तलब बढ्छ ।’ –एक उच्च सरकारी अधिकारीले भने ।

मन्त्रालयबाट उच्च स्तरीय तलब आयोग निर्माण प्रश्चात आयोगको सिफारिसका आधारमा सरकारी कर्मचारीको तलब वृद्धि हुनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: