काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १७.६८ अंकले घटेर २१०६.१५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २१४ कम्पनीको ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९ सय ३५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी सोमबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा हिमालयन हाईड्रोपावर लिमिटेड, युनिलिभर नेपाल लिमिटेड, आरबिबि म्युचल फण्ड-१, समता घरेलु लघुवित्त वित्तिय संस्था र सिद्धार्थ इक्युटि फण्डका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९ सय ३५ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक, सिटिजन्स इन्भेस्टमेन्ट ट्रस्ट, न्यास्नल हाईड्रोपावर कम्पनी, हिमालयन डिष्टिलरी र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा जानकी फाईनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । जानकीको सेयरमा यस्तो गिरावट आउँदा एनआइसी एशिया सेलेक्ट फण्ड -३०, सिनर्जी पावर डेभलपमेन्ट, एशियन लाइफ इन्स्योरेन्स, कर्णाली डेभलपमेन्ट बैंक र माउनटेन हाईड्रो नेपालमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्