काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४३.३५ अंकले घटेर २०६२.८० बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२२ कम्पनीको ६६ लाख ४६ हजार ०३६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १५ करोड १० लाख ९७ हजार ७ सय ६६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा हिमालयन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दाले बढेको हो । यस अलावा गुराँस लघुवित्त वित्तिय संस्था, ८.५ % नेपाल इन्भेस्टमेन्ट बैंक डेभेन्चर २०८४, युनिलिभर नेपाल लिमिटेड, गुडविल फाईनान्स लिमिटेड र ८.५ % एसबिएल डेभेन्चर २०८४ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १५ करोड १० लाख ९७ हजार ७ सय ६६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, नबिल बैंक, नेपाल दूरसंचार कम्पनी र अरुण काबेली पावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा गणपति लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो । गणपति लघुवित्तको सेयरमा यस्तो गिरावट आउँदा घलेम्दी हाईड्रो लिमिटेड, पञ्चकन्या मै हाईड्रोपावर, ङ्गादि हाईड्रोपावर , मध्येभोटेकोशी जल विद्युत कम्पनी र राष्ट्र उत्थान लघुवित्त संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्