काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ५.९१ अंकले घटेर २०५६.८८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २१८ कम्पनीको ४६ लाख ४० हजार ८ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी बुधबारको सेयर बजारमा हिमालयन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दाले बढेको हो । यस अलावा युनिलिभर नेपाल लिमिटेड, सिटिजन्स म्युचल फण्ड-१, विन नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तिय संस्था र सीइडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार सिटिजन इन्भेस्टमेन्ट ट्रस्टको भएको छ । यस कम्पनीको १० करोड ६८ लाख ७९ हजार ४ सय ६७ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, नबिल बैंक, नेपाल दूरसंचार कम्पनी र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा हिमालयन एभरेस्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले घटेको हो । हिमालयन एभरेस्टको सेयरमा यस्तो गिरावट आउँदा हिमालयन पावर पार्टनर, गुडविल फाइनान्स लिमिटेड, सिद्धार्थ इक्युती फण्ड , लक्ष्मी लघुवित्त वित्तिय संस्था र कर्णाली डेभलपमेन्ट बैंकमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्