×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार घट्यो सेयर बजार, १ अर्ब ७६ करोडमाथिको कारोबार हुँदा नेप्से २०३७.८३ बिन्दुमा

अर्थ सरोकार

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार

PRIME CA

बिहिबार घट्यो सेयर बजार, १ अर्ब ७६ करोडमाथिको कारोबार हुँदा नेप्से २०३७.८३ बिन्दुमा

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १९.०६ अंकले घटेर २०३७.८३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२३ कम्पनीको ६२ लाख ९८ हजार ६ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड २७ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बिहीबारको सेयर बजारमा हिमालयन हाईड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दाले बढेको हो । यस अलावा अपर हेवाखोला हाईड्रोपावर कम्पनी, एनआइसी एशिया सेलेक्ट फण्ड-३०, दोर्दी खोला जल विद्युत कम्पनी, जाल्पा सामुदायिक लघुवित्त र मेगा म्युचल फण्ड -१ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ७ करोड २७ लाख ९४ हजार ७ सय ३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन डिष्टिलरी, नेस्डो सम्बृद्ध लघुवित्त, हिमालयन एभरेस्ट इन्स्योरेन्स र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो । युनिलिभरको सेयरमा यस्तो गिरावट आउँदा बुद्धभुमि नेपाल हाईड्रोपावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, सम्वृद्धि फाइनान्स, समलिंग पावर कम्पनी र छ्याँग्दी हाईड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: