- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । अहिलेसम्म वाणिज्य बैंकका शाखा सात सय ४८ स्थानीय तहमा मात्रै पुगेमा छन् । सात सय ५३ वटा स्थानीय तहमध्ये सात सय ४८ तहमा मात्रै वाणिज्य बैंकका शाखा पुग्न सकेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म पाँच वटा पालिकाबाहेक सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् । प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका सबै पालिकामा वाणिज्य बैंकका शाखा पुगेका छन् भने प्रदेश १ का एक सय ३७ तहमध्ये ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा शाखा पुगेको छैन ।
यस्तै वाग्मती प्रदेशको धादिङको रुवी भ्याली र नेत्रावती गाउँपालिकामा शाखा पुगेको छैन । कर्णालीमा जाजरकोटको जुनीचाँदै गाउँपालिका र सुदूरपश्चिममा बझाङको काँडा गाउँपालिकामा बैंकको शाखा नपुगेको राष्ट्र बैंकले जनाएको छ ।