Skip to content
LAXMI SUNRISE BANK

नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा एक अर्ब ३२ करोड रुपैयाँ राख्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौ । नेपाल राष्ट्र बैंकले एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैक र फाईनान्स कम्पनीहरुमा ३६५ दिने मुद्धती निक्षेपको रुपमा एक अर्ब ३२ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको हो ।
 
रकम लगानीका लागि बैंक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १४ गते अपरान्ह तीन बजेसम्ममा आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत उल्लेख गरी राष्ट्र बैंकमा प्रस्ताव पेस गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि २०७७ पुस एक गते देखि २०७८ मंसिर २९ गतेसम्म रहेको छ । 
राष्ट्र बैंकले वाणिज्य बैंकमा एक अर्ब पाँच करोड ६० लाख, विकास बैकमा १९ करोड ८० लाख र फाईनान्स कम्पनीमा छ करोड ६० लाख रुपैयाँमा राख्न लागेको हो । राष्ट्र बैकका अनुसार रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा रहेको पाँच बर्ष पुरा भएको, निष्क्रिय कर्जा पाँच प्रतिसत भन्दा कम भएको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK