×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौमा पनि ब्याज नबढाउन बैंकर्स संघ सहमत, सेयर बजारमा खुसीयाली

PRIME CA

भदौमा पनि ब्याज नबढाउन बैंकर्स संघ सहमत, सेयर बजारमा खुसीयाली

३० श्रावण २०७९, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भदौमा पनि बाणिज्य बैंकहरुले निक्षेपको ब्याज नबढाउने भएका छन् । मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु बढाएपछि त्यसको समिक्षाका लागि बसेको नेपाल बैंकर्स संघको बैठकले यसभन्दा अघि ब्याज नबढाउने भनी सहमति गरेको थियो । सोही सहमतिलाई आधिकारिता दिँदै सोमबार भदौ महिनामा पनि ब्याज बढाउने गरी निर्णय भएको छ ।

‘ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन । यो निष्कर्ष बैंकर्स संघले पहिले नी निकालिसकेका थियो । जुन निष्कर्षमा यसभन्दा अगाडीपनि सहमति भईसकेको थियो ।’ बैंकर्स संघका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने – ‘यसभन्दा अघि सहमति भईसकेको भएपति यसपाली भने आधिकारिक रुपमा निर्णय गरिएको हो । अर्थात भदौ महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिइनेछ । बरु राष्ट्र बैंकको निर्देशन अनुसार संस्थागत निक्षेपकर्ताको ब्याज व्यक्तिगत मुद्धती निक्षेपको तुलनामा २ प्रतिशत बिन्दुले घट्छ ।’

अव वाणिज्य बैंकहरूले एक वर्षे मुद्दती निक्षेपमा अधिकत ११.०३ प्रतिशत ब्याजदर प्रकाशित गर्नेछन् भने एक वर्षे संस्थागत मुद्दती निक्षेपको हकमा ९.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत ब्याज हुनेछ । पछिल्ला चार महिनायतादेखि निक्षेपमा ब्याज बढेको छैन ।

यता निक्षेपको ब्याज नबढेपनि कर्जाको ब्याज भने बढिरहेको छ । साउनदेखि कर्जाको ब्याजदर फेरि बढेको छ । राष्ट्र बैंकले नीतिगत दरहरु बढाएकाले बैंकहरुको लागत बढ्दा आधार दर बढी कर्जाको ब्याजदरसमेत बढेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: