काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२१ कम्पनीको ६४ लाख ६ हजार ७ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ७३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा अपर हेवा खोला हाईड्रोपावर कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा स्वाभिमान लघुवित्त वित्तिय संस्था, कुमारी इक्युटिफण्ड, सिद्धार्थ इक्युटि फण्ड, एनआइबिएल प्रगति फण्ड र हिमालयन बैंक लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ४० करोड ८२ लाख ४७ हजार ८ सय ८८ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा शिवम् सिमेन्ट, हिमालयन डिष्टिलरी, महालक्ष्मी विकाश बैंक, नेपाल दूरसंचार कम्पनी र अपि पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । युनिलिभरको सेयरमा यस्तो गिरावट आउँदा दोर्दी खोला जलविद्युत कम्पनी, पञ्चकन्या मै हाईड्रोपावर, जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन उर्जा विकाश कम्पनी र आइएमइ जेनेरल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्