Skip to content
LAXMI SUNRISE BANK

प्रभु बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने, कहिले देखि दिन सकिन्छ आवेदन ?

अर्थ सरोकार

काठमाडौं । प्रभु बैंकले संस्थापक समूहको सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले भदौ १० गतेदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । उक्त सेयर बैंकले शिलबन्दी बोलकबोलमार्फत बिक्री गर्ने जनाएको छ ।

न्यूनतम प्रतिकित्ता १४० का दरले बैंककै संस्थापक सेयरधनी, कम्पनी तथा विभिन्न संघ संस्थाहरु अथवा जो कोहीले उक्त सेयरमा भदौ १७ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि  अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको  छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK