
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । ज्योति विकास बैंकका ग्राहकले ‘खल्ती’डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका छन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिने छ। ग्राहकले ज्योति विकास बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने छन् ।
यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने छ।ज्योति विकासको बैंक खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिंग सुविधा भने लिएको हुनुपर्छ । ज्योति विकास बैंकमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत बस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी सहज साथै सरल गर्नु हो । खल्ती वालेटको प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ ।
साथै भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत पनि सकिन्छ। खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा बढि छन् । खल्ती एप गुगल प्ले स्टोर, एप्पल एप स्टोर र खल्ती डटकमबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्