×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बन्दको बाहानामा बीमा रकमका लागि आफ्नै टिप्परमा आगलागी

PRIME CA

बन्दको बाहानामा बीमा रकमका लागि आफ्नै टिप्परमा आगलागी

७ भाद्र २०७९, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

दाङ । बीमा रकम पाउने लोभमा आफ्नो सवारी साधनमा आफै आगो लगाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दको मौका छोपी दाङको घोराही–लमही सडकखण्डमा आफैंले टिप्परमा आगजनी गरेको पुष्टि भएपछि चालक र सहचालकसँगै टिप्परका साहुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक राज कुमार गौतमले जानकारी दिएका छन् ।

‘मंगलबार बिहान साढे ४ बजे गाडी ग्यारेजबाट निकालेर लगेको देखिन्छ’, अर्थ सरोकारसँग कुराकानी गर्दै डिएसपी गौतमले भने, ‘मर्मतका लागि ग्यारेजमा  थन्किएको टिप्पर पुरानो भएकोले मर्मतमा ठुलो खर्च आउने रहेछ । गाडी पुरानो र मर्मतमा बढी खर्च आउने भएपछि बन्दको मोका छोपेर बीमाको रकम पाउने लोभमा आफ्नो गाडीमा आफै आगो लगाएको खुलेको छ ।’ डिएसपी गौतमका अनुसार दुईजना चालक र सहचालकले खर्च कम निस्किने गरी आगो लगाएका हुन् । यधपी टिप्परको अगाडिको भागमा भने क्षति भएको छ ।’

‘प्रहरीमा आगलागीको रिपोटिङ समयमा भएको थिएन, त्यसैले पनि शंका गर्ने बाटो रह्यो’, उनले भने– ‘सोही शंकाका आधारमा अनुसन्धान गर्दा चालक र सह–चालकले आफै गाडीमा आगो लगाइएको पाईयो । उनीहरुले गाडीमा साहुकै आदेश र सहमतिमा आगो लगाएको पुष्ठि भएको छ ।’ पक्राउ परेका तीनैजना प्रहरीका नियन्त्रणमा रहेको बताउँदै डिएसपी गौतमले उनीहरुविरुद्ध मुद्धा दर्ता गर्ने तयारी गरेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: