
कञ्चनपुर । एशियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय शहरी विकास अयोजनाअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा आधुनिक सडक निर्माणकार्य अगाडि बढाइएको छ । आयोजनाअन्तर्गत रु २७ करोड ८७ लाख ८७ हजार ५६१ को लागतमा ठेक्का प्रक्रियामार्फत तीनवटा सडक निर्माण हुन लागेको हो । सडक निर्माणका लागि रमन केएस जेभीसँग ठेक्का सम्झौता गरिएको छ । ठेक्का सम्झौता भएको पाँच महिनापछि सडक निर्माण हुन लागेको हो ।
आयोजनाअन्तर्गत पिपलाडी क्षेत्रमा एक दशमलव चार किलोमिटर, झलारीको शान्तिपथबाट टोटीसम्म तीन किलोमिटर र झलारीकै सिसैया जाने सडक ३७० मिटर निर्माण गरिन लागेको ठेकेदार कम्पनीका इञ्जीनियर अमरसिंह ऐरले बताउनुभयो । उहाँका अनुसार सडक निर्माणका लागि पहिलो चरणमा सडकको ‘साइड क्लिनिङ’को काम शुरु गरिएको छ ।
“सडकको दायाँबायाँ क्षेत्रमा रहेको झाडी, सडक किनारामा थुपारिएका सामग्री हटाउने कार्य शुरु गरेका छौँ”, इञ्जीनियर ऐरले भन्नुभयो, “झाडी सफाइको कामपश्चात नाली निर्माण गर्ने, खोला क्षेत्रमा ग्याविन जाली राख्ने, कल्भर्ट निर्माण गर्नेलगायतका काम हुनेछन् ।”
‘साइड क्लिनिङ’को काम सकिएपछि सडक क्षेत्रमा पर्ने दायाँबायाँका भौतिक संरचना हटाउने कार्यसँगै सडक कालोपत्रको काम गरिनेछ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आयोजनाअन्तर्गत पर्ने सडकको दायाँबायाँ पर्ने भौतिक संरचना हटाउनका लागि सम्बन्धित व्यक्तिसँग छलफल गरिने बताउनुभयो ।
“पहिलो चरणको छलफल गरेका छौँ, त्यसपछि सडकको नक्साङ्कनको कार्यसमेत गरिएको छ”, उहाँले भन्नुभयो, “दोस्रो चरणको छलफलपछि सडकका संरचना हटाई सडक निर्माण कार्यलाई पूरा गर्छौँ ।” नगरकै गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको आधुनिक शैलीको सडक निर्माणमा सहयोग गर्नसमेत उहाँले नगरवासीलाई आह्वान गर्नुभएको छ । सडक निर्माणको काम ठेक्का सम्झौता भएको २० महिनाभित्र पूरा गर्नुपर्ने प्रावधान राखिएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता गत असार १९ गते भएको हो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्