काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.८५ अंकले बढेर २०५४.९८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३३ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड २१ लाख ८९ हजार ७ सय ३७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा रुरु जल विद्युत परियोजनाका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मन्दाकिनी हाईड्रोपावर, अपर हेवा खोला हाईड्रोपावर, सानिमा लार्ज क्याप फण्ड, हिमालयन बैंक लिमिटेड र एनआइबिएल सम्वृद्धि फण्ड-२ का लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको १४ करोड २१ लाख ८९ हजार ७ सय ३७ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, अपि पावर कम्पनी, शिवम् सिमेन्ट, एनआइसी एशिया लघुवित्त वित्तिय संस्था, प्राईम कमर्सिअल बैंक र सानिमा मै हाईड्रोपावरको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सिद्धार्थ इक्युती फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो । सिद्धार्थको सेयरमा यस्तो गिरावट आउँदा एभरेस्ट बैंक लिमिटेड, सिटिजन्स म्युचल फण्ड-१, लक्ष्मी इक्युटि फण्ड, लक्ष्मी उन्नति कोष र समलिंग पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्