काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार शुक्रबार कुल २१३ कम्पनीको ३५ लाख ८८ हजार ८ सय ३३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५ सय ४६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी शुक्रबारको सेयर बजारमा लाइफ इन्स्योरेन्स कर्पोरेशनका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ५ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा अपर हेवा खोला हाईड्रोपावर, एनआइसी एशिया ग्रोथ फण्ड, मल्टिपर्पोज फाईनान्स कम्पनी र समित लघुवित्त वित्तिय संस्थाका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् शुक्रबारको शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाईड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६ करोड ६८ लाख ६१ हजार ५ सय ४६ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा रिडी पावर कम्पनी, अरुण काबेली पावर, राधि विद्युत कम्पनी, नेपाल दूरसंचार कम्पनी र युनिभर्सल पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै शुक्रबारको सेयर बजारमा पञ्चकन्या मई हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले घटेको हो । पञ्चकन्याको सेयरमा यस्तो गिरावट आउँदा कालिका पावर कम्पनी,ग्रिन डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एनआइबिएल प्रगति फण्ड र गोर्खाज फाइनान्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् शुक्रबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्