×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मर्जरमा अस्थिर सनराइज : एभरेष्ट बैंकले ‘गज्जबको अफर’ दिँदादिँदै अन्यसँग पनि तिब्र छलफल, के आउला डिसिजन ?

PRIME CA

मर्जरमा अस्थिर सनराइज : एभरेष्ट बैंकले ‘गज्जबको अफर’ दिँदादिँदै अन्यसँग पनि तिब्र छलफल, के आउला डिसिजन ?

१२ भाद्र २०७९, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । बाणिज्य बैंकहरुमध्ये मर्जर तथा प्राप्तिमा गएर अरुसँग मिसिन बाँकीमध्ये सबैभन्दा कमजोर बैंकका रुपमा विश्लेषण गरिएको सनराइज बैंक मर्जरको मामलामा अझै अस्थिर बनेको पाइएको छ । केहि समय अगाडी सनराइज बैंक र एभरेष्ट बैंकबीच प्राप्तिका विषयमा लगभग टुंगोमा पुग्नेगरी छलफल भएको अवस्थामा सनराइजले अन्य बैंकहरुसँग पनि मर्जरका लागि छलफल गरेको पाइएको छ । एभरेष्ट बैंकले गज्जबको अफर दिँदा पनि अस्थिर भएर अन्य बैंकसँग पनि छलफल गरेको भन्दै बैंकका केहि संचालकहरु अध्यक्षसँग रुष्ट भएका छन् ।
‘एभरेष्ट बैंक पाउँदा-पाउँदै र एभरेष्ट बैंकले गज्जबको अफर दिँदा सनराइजले अरुसँग पनि छलफल गर्नु खास ठिक काम भएन । यसो कामले एभरेष्ट पनि बिच्किने सम्भावना छ ।’ सनराइजका एक संचालकले अर्थ सरोकारसँग भने -‘एभरेष्टले दिएका अफर गज्जब छन् । स्वाप रेसियो सनराइजलाई राम्रो अफर गरिएको छ । स्टाफ एडजस्टमेन्टमा पनि कुरा मिलिसकेको छ । राष्ट्र बैंकले छिटोभन्दा छिटो मर्जरमा जानु भनेको स्थितिमा हाम्रा लागि यो निकै राम्रो मौका हुन सक्छ । तर एभरेष्ट नै बिच्किनेगरी अरु बैंकसँग ‘प्यारालल रुपमा’ छलफल गर्नु राम्रो काम भएन।’ ती सञ्चालकले भने ।
उनका अनुसार अन्यथा नभएमा एभरेष्टसँग छिट्टै प्राप्तिको सम्झौता हुनेछ । यो समाचार तयार गर्न ती संचालकसँग कुरा गर्दाका समयसम्ममा एभरेष्ट बैंकले सनराइज बैंकलाई प्राप्ति गर्न एभरेष्ट तयार भएको दाबी ती संचालकले गरेका छन् । छलफलको जानकारी बैंकले आफ्नो जोइन्ट भेन्चर बैंकलाई समेत दिईसकेको छ । बैंकको नाम एभरेष्ट बैंक नै रहने, एभरेष्टका अहिलेका सीइओ नै सीइओ रहने, अध्यक्षको हकमा पनि एभरेष्टकै अध्यक्ष रहने तर सनराइजका तर्फबाट पनि केहि संचालकको प्रतिनिधित्व हुने, कर्मचारी समायोजनको विषयमा सनराइजका हालका सीइओलाई सकेसम्म भीआरएस दिएर बिदा गर्ने, उनले नमाने उनलाई सिनियर डेपुटी सीइओ दिने गरी छलफल भएको छ ।
यता एभरेष्ट बैंकले पनि लक्ष्मी बैंकसँग पनि मर्जरका लागि कुरा गरेको बुझिएको छ । बाँकी रहेका बैंकहरुमध्ये सार्है औसत बैंक भए पनि एभरेष्ट र लक्ष्मीबीच धेरै कुरा मिल्ने भएकाले एभरेष्टले लक्ष्मी बैंकसँग सल्लाह भईरहेको स्रोतको दाबी छ ।  ‘एभरेष्टले सनराइज बैंक लिने सम्भावना बढी छ । सनराइज आफैं अरु जोडी खोज्दै हिँडेकाले यो कुरा रोकियो भने वा तुहियो भने एभरेष्टले निर्विकल्प लक्ष्मी बैंक लिनेछ ।’ स्रोतले अर्थ सरोकारसँग भन्यो- ‘सनराइज बैंकले अरु जोडी खोजे पनि अन्तिममा एभरेष्टसँग नै कुरा मिल्ने सम्भावना बढी छ ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: