×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको बुधबारबाट १८ लाख ५१ हजार कित्ता सेयर लिलामीमा आउँदै, यी ठाउँहरुबाट सजिलै आवेदन दिन सकिने

PRIME CA

समृद्धि फाइनान्सको बुधबारबाट १८ लाख ५१ हजार कित्ता सेयर लिलामीमा आउँदै, यी ठाउँहरुबाट सजिलै आवेदन दिन सकिने

अर्थ सरोकार

९ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समृद्धि फाइनान्सले भोलि बुधबारबाट १८ लाख ५१ हजार ३५७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ । संस्थाले संस्थापक समूह र सर्वसाधारण समूहको गरि कुल १८ लाख ५१ हजार ३५७ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको हो । जसअनुसार संस्थापक समूहको १३ लाख ८५ हजार २६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता सेयर रहेको छ । 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । सो लिलामीमा मंसिर १७ गतेसम्म आवेदन दिन पाइनेछ।  लिलामी सेयर बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ । 
यस्तै बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: