काठमाडौं । महानगरपालिकाभित्र बनेका अनाधिकृत संरचना हटाउने अभियानमा मेयर बालेन्द्र शाह थप सशक्त बनेका छन् । नक्सा विपरित निर्माण गरिएका संरचना भत्काउने अभियानमा बुलडोजर नै लिएर काठमाडौंका गल्ली–गल्लीमा पुगेका शाहले रत्नपार्कमा बाटो नै छेक्नेगरी निर्माण गरिएका संरचनाहरु पनि हटाएका छन् ।
पञ्चायतकालमा पैदलयात्रुहरुको सहजताका लागि भन्दै निर्माण गरिएको भूमिगत मार्गमा अवरोध सृजना गर्ने गरी सञ्चालन गरिएका पसलहरु खाली गराउन बालेनको निर्देशनसँगै ‘भोटाहटी सब–वे’ क्लियर गरिएको छ । अहिले सो सब–वे को प्रवेशद्धार नै छेकिने गरी अनाधिकृत रुपमा बनाइएका संरचनाहरु लखोलिएका पसलहरु हटाइएको छ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः