
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोनाविरुद्धको लडाइँमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी र बिरामीका लागि स्वास्थ्य सामग्री सहयोग गरिएको छ । भरतपुर अस्पताललाई कोकाकोला फाउण्डेशन नेपाल र नेपाल रेडक्रस सोसाइटीले संयुक्तरूपमा सामग्री हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गरिएका सामग्रीमा १६ लाख ३२ हजार ८५० को आइसीयूमा प्रयोग हुने एक थान भेन्टिलेटर, छ हजार थान सर्जिकल मास्क, दुई हजार ५०० थान सर्जिकल पञ्जा, १०० थान सुरक्षा पोशाक, केएन–९५ मास्क २०० थान र ५० थान सुरक्षा चश्मा छन् । ती सबै सामग्रीको मूल्य रु २० लाख तीन हजार ६५७ रहेको नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय उपकोषाध्यक्ष होम पाठकले जानकारी दिए ।
उपकोषाध्यक्ष पाठक र रेडक्रस चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा अध्यक्ष अधिकारीले सबैको साथ र सहयोगले कोभिड–१९ का बिरामीको उपचारमा सहज भएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्