×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई क्यापिटलद्वारा सेयरधनीलाई असार मसान्तभित्र डिम्याट खाता नविकरण गर्न आग्रह

PRIME CA

ग्लोबल आइएमई क्यापिटलद्वारा सेयरधनीलाई असार मसान्तभित्र डिम्याट खाता नविकरण गर्न आग्रह

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
ठमाडौँ । ग्लोबल आइएमई क्यापिटलले आफ्ना सेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको शाखा कार्यालयहरूमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरेको हो ।
समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गरिनेछ । हितग्राहीहरुले ग्लोबल आइएमई क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमई बैंक लिमिटेडको आफूलाई पायक पर्ने नजिकैको शाखा कार्यालयहरू तथा र कनेक्ट आइपीएस, इ सेवा, आइएमई पेबाट भुक्तानी गर्न सक्नेछन् । 
मेरो सेयर सेवा लिएका हितग्राही महानुभावहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: