×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना केबुलकार २३औं वर्षमा प्रवेश, सेवा छिट्टै पुनः सञ्चालनमा आउने !

LAXMI SUNRISE BANK

मनकामना केबुलकार २३औं वर्षमा प्रवेश, सेवा छिट्टै पुनः सञ्चालनमा आउने !

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
गोर्खा। नेपालको पहिलो केबुलकार मनकामना केवलकार २३औं वर्षमा प्रवेश गरेको छ । २३ औं वर्ष प्रवेश गरेको सुखद् अवसरमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण झण्डै सात महिनादेखि बन्द रहेको केवलकार छिट्टै नै सुरक्षाका सबै मापदण्डसहित केवलकार खोल्ने तयारी भईरहेको कम्पनीले जनाएको छ । २२ वर्षको अवधिमा करिब डेढ करोड भक्तजनले केवलकारको यात्रा गरिसकेका छन् 
केबुलकारले स्ट्याण्डर्ड अपरेसन प्रोसिड्योर अनुसार निर्देशिका पालना कार्यान्वयनमा ल्याउने गरि स्थानीय तह र उद्योगी व्यवसायीसँग समन्वय गरिरहेको जनाएको छ । पहिला स्थानीयको सुरक्षाका लागि समेत हामीले केवलकार नखोलिएको तर अहिले स्थानीय उद्योगी व्यवसायी पनि केवलकार खोल्ने खबरले उत्साहित भएकोले स्थानीय तहको स्वीकृतिमा केवलकार छिट्टै नै खुला गरिने कम्पनीले जनाएको छ ।
कोभिडपछिका दिनहरुमा केवलकारको टिकट अनलाइनमार्फत खरीद गर्न सकिने व्यवस्था मिलाईएको छ । इ–सेवा मार्फत टिकट बुकिङ गर्दा यात्रुले फोनमै टिकट प्राप्त गर्न सक्नेछन् भने फोन पे मार्फत टिकट काउन्टरबाट टिकट लिन सक्नेछन् । सुगम देखि दुर्गम क्षेत्रसम्म इ–पे को पहु“च पुगिसकेको छ । नगद रहित कारोबार, यात्रु सेवा सहजता सँगै भिडभाड कम हुने कुरालाई मध्यनजर गर्दै हामीले यो व्यवस्था लागू गरेको मनकामना दर्शन प्रा.लि.ले जनाएको छ ।
कम्पनीले यात्रु तथा आप्mनो जनशक्तिको स्वास्थ्य सुरक्षाका लागि मुख्य ढोकादेखि नै हेल्थ स्क्रिनिङको तयारी गर्नुका साथै प्रत्येक घण्टा डिसइन्फेक्ट गर्ने कम्पनीले जनाएको छ । यात्रु र सेवामा सहभागी कर्मचारीलाई फेस सिल्ड, मास्क, स्यानिटाइजेसनको व्यवस्था गर्ने जनाएको छ । कम्पनीका अनुसार स्यानिटाइजेसन, ह्याण्ड वास, डिसइन्फेक्सन मेसिन, शरीरको तापक्रम मापन, मास्क, फेस सिल्ड र फ्रन्ट लाइन वर्करलाई पीपीई लगायतको स्वास्थ्य सुरक्षाको प्रबन्ध गरि छिट्टै नै पुनः सेवा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीले कुरिनटार स्टेशन र मन्दिर क्षेत्रमा रहेको स्टेसनमा आइसोलेसन वार्ड समेत तयार समेत गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी