×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

४.२९ अंकले घट्यो नेप्से परिसूचक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

४.२९ अंकले घट्यो नेप्से परिसूचक !

Artha Sarokar

२० भाद्र २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ४.२९ अंकले घटेर १९७३.०१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सोमबार कुल २२४ कम्पनीको २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७ सय २१ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी सोमबारको सेयर बजारमा मैलुंग खोला जलविद्युत कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ७ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा हिमालयन एभरेस्ट इन्स्योरेन्स, रिडी पावर कम्पनी, अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी, ग्रिन भेन्चर लिमिटेड र सहस उर्जा लिमिटेडका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच सोमबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार रिडी पावर कम्पनीको भएको छ । यस कम्पनीको ९ करोड ९६ लाख ९४ हजार ७ सय २१ रुपैयाँ ६० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक लिमिटेड, नेस्डो सम्बृद्ध लघुवित्त वित्तिय संस्था, नेपाल दूरसंचार कम्पनी र शिवम् सिमेन्टको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै सोमबारको सेयर बजारमा रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो । रुरुको सेयरमा यस्तो गिरावट आउँदा आशा लघुवित्त वित्तिय संस्था, जोशी हाइड्रोपावर डेभलपमेन्ट, एनएमबि हाईब्रिड फण्ड एल-१, ओरियन्टल होटल र इमर्जिङ्ग नेपाल लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् सोमबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी