
- अर्थ सरोकार सम्बाददाता
कास्की । आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आइतबार सम्मान गरेको छ । नवौँ राष्ट्रिय कर सप्ताह समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम र स्याङ्जाको सूर्योदय लघुवित्त सहकारी संस्थाका सञ्चालक गुणाखर सापकोटालाई सम्मान गरिएको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत विजय लामिछानेले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले उत्कृष्ट करदाताहरुलाई दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका थिए । कर सप्ताहअन्तर्गत यस वर्ष लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्स, पृथ्वीनारायण क्याम्पसका व्यवस्थापनका विद्यार्थीसँग कर सचेतना तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।
कार्यालयले चालू आर्थिक वर्षमा चार अर्ब ८२ करोड राजश्व सङ्कलनको लक्ष्य लिएकामा पहिलो चौमासिकमा एक अर्ब २० करोड राजश्व सङ्कलन गरेको जनाएको छ । कात्तिक मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड उठाउने लक्ष्य लिएको थियो । आन्तरिक राजश्व कार्यालय पोखराअन्तर्गत कास्की र स्याङ्जामा गरी एक लाख ५८ हजार ८५ करदाता कार्यालयमा दर्ता भएको कर अधिकृत लामिछानेले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्