काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको छ । आज भदौ २६ गते बुधबारसम्म आवेदन दिने म्याद तोकिएको हकप्रद सेयरका लागि पर्याप्त आवेदन नपरेपछि अब भदौ ३१ गतेसम्म म्याद लम्ब्याइएको छ ।
कम्पनीले भदौ ६ गतेदेखि २६ गतेसम्म १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर सो अवधिमा सबै बिक्री नभएपछि म्याद थपिएको कम्पनीले जनाएको छ । हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बरुणले हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरेको थियो । साउन १ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
उक्त सेयरमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्