काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ११.४६ अंकले घटेर १९२६.२८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२१ कम्पनीको २५ लाख २४ हजार २ सय २४ कित्ता सेयर खरिद बिक्री हुँदा ७४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३ करोड ९५ लाख ७८ हजार ४ सय ७१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजारमा मैलुंग खोला जल विद्युत कम्पनीका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको हो । यस अलावा सामुदायिक लघुवित्त वित्तिय संस्था, दोर्दी खोला जल विद्युत कम्पनी, नबिल ब्यालेन्स फण्ड-२, युनिलिभर नेपाल लिमिटेड र शिव श्री हाइड्रोपावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमालयन एभरेस्ट इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३ करोड ९५ लाख ७८ हजार ४ सय ७१ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा नबिल बैंक लिमिटेड, रिडी पावर कम्पनी, अपि पावर कम्पनी, नेपाल दूरसंचार कम्पनी र नेपाल लाइफ इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । सानिमाको सेयरमा यस्तो गिरावट आउँदा छ्याँग्दी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रो लिमिटेड, आशा लघुवित्त वित्तिय संस्था र अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्