×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार बढ्यो सेयर बजार, १ अर्ब ४५ करोडमाथिको कारोबार हुँदा नेप्से १९८१.४८ बिन्दुमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुधबार बढ्यो सेयर बजार, १ अर्ब ४५ करोडमाथिको कारोबार हुँदा नेप्से १९८१.४८ बिन्दुमा

Artha Sarokar

२९ भाद्र २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४७.४४ अंकले बढेर १९८१.४८ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२७ कम्पनीको ४६ लाख १८ हजार ५ सय १६ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ५१ लाख ६९ हजार ३ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो ।

यसैगरी बुधबारको सेयर बजारमा ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सयेर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा लिबर्टी एनेर्जी कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, सामुदायिक लघुवित्त वित्तिय संस्था, गोर्खाज फाइनान्स र नेपाल फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ६ करोड ५१ लाख ६९ हजार ३ सय २८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको हो । यस अलावा गोर्खाज फाइनान्स, हिमालयन एभरेस्ट इन्स्योरेन्स, अपि पावर कम्पनी, हिमालयन डिस्ट्रिलरी र हिमालयन पावर कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा एनआइसी एशिया फ्लेसी क्याप फण्डका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । एनआइसी एशिया फ्लेसी क्याप फण्डको सेयरमा यस्तो गिरावट आउँदा एनआइबिएल प्रगति फण्ड, सनराइज फस्ट म्युचल फण्ड, सानिमा लार्ज क्याप फण्ड, मैलुंग खोला जल विद्युत कम्पनी र सिटिजन्स म्युचल फण्ड २ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी