काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले आज भदौ ३० गतेदेखि आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले १७ हजार ९ सय ४३ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७ सय ५० रुपैयाँमा सो सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले ७५० रुपैयाँलाई न्युनतम मूल्य आधार मानेर सो वा सो भन्दा बढी मूल्य अंकित गरी लिलामी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त सेयरमा न्युनतम १ सय कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । सो सेयर खरिदका लागि लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोहि व्यक्ति, कम्पनी, संघ र संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
उक्त संस्थापक सेयरको बोलपत्र पेश गर्ने म्याद असोज ५ गतेसम्म तोकिएको छ । लगानीकर्ताले संस्थाको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौँमा पुग्ने गरी आवेदन दिनुपर्नेछ । लघुवित्तका विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिई यस अघि आवेदन खुला गरिएको थियो । तर सो अवधिमा आवेदन नपरेको हुनाले लिलामीमा ल्याइएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्